केपी शर्मा ओली नेकपाको साधारण सदस्यबाट निष्काशित

नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको छ । यसअघि उक्त समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो ।

प्रचण्ड-नेपाल समूहको आइतबार बसेको स्थायी कमिटि बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको हो ।

ओलीलाई कारवाही गर्न नेकपा प्रचण्ड नेपाल समूहले तीन दिने स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया

TOP