२०७७, १३ फाल्गुन बिहीबार
Nepal 1:37:26 pm
Trending
#सर्वाेच्च अदालत #संसद पुनर्स्थापना अग्‍नि खरेल आलिया भट्ट कोरोना खोप कोरोना बिमा खोप अभियान गंगूबाई काठियाडी जनसम्पर्क समिति डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई नेप्से प्रचण्ड-नेपाल प्रतिनिधि सभा अधिवेशन प्रतिनिधिसभा पुनःस्थापना प्रतिनिधिसभा पुनर्स्थापना प्रतिनिधि सभा बैठक प्रदेश सभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची रवि लामिछाने राजीनामा वर्षमान पुन विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सत्तापक्षीय सत्ता सहकार्य सर्वाेच्च अदालत सर्वाेच्चको फैसला सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुरक्षा परिषद् सुवासचन्द्र नेम्वाङ सेयर बजार स्थायी कमिटी स्पार्क हेल्थ होम अस्पताल हृदयघात
ट्रम्पविरुद्धको महाअभियोग दुई सातालाई सर्‍यो
नेपालमञ्च संवाददाता
२०७७ माघ ११ आईतवार
  •  
  •  
  •  
  •  

135

वाशिङटन : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा दुई सातापछि मात्र पेस हुने भएको छ।

यसअघि हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले सोमबार महाअभियोग प्रस्ताव सिनेटमा पेस गर्ने बताएकी थिइन्।

माथिल्लो सदनमा रहेका डेमोक्र्याटिक र रिपब्लिकन नेताहरूबीच सम्झौता भएपछि ट्रम्पविरूद्धको प्रस्ताव फेबुअरी ८ मामात्रै प्रस्तुत हुने भएको हो।

बाइडेनले आफ्नो क्याबिनेटमा नियुक्त गरेका धेरैजसो मन्त्री र अन्य अधिकारीहरू सिनेटबाट अनुमोदित हुन बाँकी छ। उनले कोरोना प्रभावितका लागि १९ खर्ब डलरको राहत प्याकेज ल्याउन लागेका छन्। उक्त प्याकेज पनि सिनेटबाट पारित हुनुपर्ने भएकाले दुवै पक्षबीच सम्झौता गरेर अघि बढ्न सहमत भएका हुन्।

गत जनवरी ६ मा संसद भवनमा आफ्ना समर्थकलाई हिंसा भड्काउन उक्साएको आरोपमा ट्रम्पविरूद्ध पेस भएको महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित भएर माथिल्लो सदनमा आएको छ। अमेरिकी इतिहासमा दुई पटक महाअभियोग प्रस्ताव सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन्।

भर्खरै