प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सर्वाेच्चमा सुनुवाइ

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणसहित सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा शुक्रबार समय अभावका कारण हेर्दाहेर्दैमा राखिएकोमा आजबाट निरन्तर सुनुवाइ हुने भएको हो ।

शुक्रबार रिट निवेदकका तर्फबाट राजुप्रसाद चापागाईं, ताराप्रसाद तिमल्सिना, सुलोचना धिताल, कोपिलप्रसाद अधिकारी, शालिकराम सापकोटा र शैलेन्द्र दाहालले बहस गरेका थिए ।

प्रतिक्रिया

TOP