२०७७, १३ फाल्गुन बिहीबार
Nepal 1:37:26 pm
Trending
#सर्वाेच्च अदालत #संसद पुनर्स्थापना अग्‍नि खरेल आलिया भट्ट कोरोना खोप कोरोना बिमा खोप अभियान गंगूबाई काठियाडी जनसम्पर्क समिति डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई नेप्से प्रचण्ड-नेपाल प्रतिनिधि सभा अधिवेशन प्रतिनिधिसभा पुनःस्थापना प्रतिनिधिसभा पुनर्स्थापना प्रतिनिधि सभा बैठक प्रदेश सभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची रवि लामिछाने राजीनामा वर्षमान पुन विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता सहकार्य सर्वाेच्च अदालत सर्वाेच्चको फैसला सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुरक्षा परिषद् सुवासचन्द्र नेम्वाङ सेयर बजार स्थायी कमिटी स्पार्क हेल्थ होम अस्पताल हृदयघात
भारतमा डायनामाइट विस्फोट हुँदा कम्तिमा ८ मजदुरको मृत्यु
नेपालमञ्च संवाददाता
२०७७ माघ ९ शुक्रबार
  •  
  •  
  •  
  •  

255

भारतीय राज्य कर्नाटकको शिवामोग्गामा बिहीबार राति भएको विस्फोटमा परी कम्तिमा ८ मजदुरको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार राति स्थानीय समयअनुसार साढे १० बजेतिर रेलवे क्रसर साइटमा डायनामाइट बिस्फोट हुँदा आसपासका क्षेत्रमा समेत धक्का महशुस गरिएको थियो।

सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै ठूलो आवाज आएको र भूकम्पको जस्तो झड्का महशुस गरिएको बताएका छन्। बिस्फोटको झड्काले नजिकैको सडकमा चिरा परेको छ भने केही घरका झ्यालका शिशा फुटेका छन्। मानिसहरूले भूकम्प आएको हो कि भनेर भूकम्प मापन केन्द्रमा फोन समेत गरेका थिए।

मृत्यु हुनेमा डायनामाइट ट्रकमा ओसारिरहेका मजदुरहरू छन्। बिस्फोट यति ठूलो थियो कि ट्रक क्षतविक्षत भएको छ भने मजदुरको शव पनि चिन्नै नसकिने गरी छियाछिया भएको छन्।

बिस्फोटस्थल प्रादेशिक राजधानी बैङ्लुरूदेखि ३५० किलोमिटर टाढा छ। के कारणले विस्फोट भयो भन्ने खुलिसकेको छैन।

भर्खरै