२०७७, १३ फाल्गुन बिहीबार
Nepal 1:37:26 pm
Trending
#सर्वाेच्च अदालत #संसद पुनर्स्थापना अग्‍नि खरेल आलिया भट्ट कोरोना खोप कोरोना बिमा खोप अभियान गंगूबाई काठियाडी जनसम्पर्क समिति डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई नेकपा (ओली) समूह नेप्से प्रचण्ड-नेपाल प्रतिनिधि सभा अधिवेशन प्रतिनिधिसभा पुनःस्थापना प्रतिनिधिसभा पुनर्स्थापना प्रतिनिधि सभा बैठक प्रदेश सभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची रवि लामिछाने राजीनामा वर्षमान पुन विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता सहकार्य सर्वाेच्च अदालत सर्वाेच्चको फैसला सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुरक्षा परिषद् सुवासचन्द्र नेम्वाङ सेयर बजार स्थायी कमिटी स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम अस्पताल हृदयघात
प्रचण्ड-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
नेपालमञ्च संवाददाता
२०७७ माघ ९ शुक्रबार
  •  
  •  
  •  
  •  

170

काठमाडौं : संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड-माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।

काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड-माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।

प्रचण्ड-माधव समूहले शुक्रबार बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकाल्दै छ । त्यसका लागि पौने ११ बजे नै आ–आफ्नो आर्कमा जम्मा भइसक्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने छन् । माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन् ।

डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने छन् । लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्नेछन् ।

त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु रहने संघर्ष समितिले जनाएको छ ।

प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् । देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् ।

वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने छन् ।बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ (प्रकाश) ले जानकारी दिए ।

जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ ।

भर्खरै