प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो : दुगड

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीमा खरो उत्रिने र प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै दुगडले यस्तो बताएका हुन् । उनले भने, ‘मैले १३ महिना उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको रुपमा काम गरेको छु । यो मन्त्रालयमा काम गरेवापत मैले धेरै प्रशंसा पाएँ । यो महामारीको बेलामा मन्त्रालय र्याकिङमा नम्वर वानमा परेको सुन्न पाएँ । यो थाहा पाउँदा खुशी लाग्यो । हामीले एकदम ईमानदार भएर र पारदर्शी ढंगले काम गरेको हो । भीजन र कन्फिडेन्स भएको र विल पावर भएकोले राम्रो काम गरें ।’

उनले कोभिड-१९ को महामारीको समयमा कुनै वस्तुको अभाव हुन नदिएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले प्याण्डेमिकको समयमा घर–घरमा खाद्यान्न पुर्यायौं । हामीले कालोबजारी हुन दिएनौं । राहत वितरणहरु पनि गर्यौं । हामी एक दिन पनि घरमा बसेनौं । रातदिन काम गर्यौं । प्रधानमन्त्रीज्यूले प्रमोट गरेर अहिले मलाई आँफैसँग राखनुभयो । मैले गरेको कामको प्रशंसा गर्नुभयो । पफर्मेन्स राम्रो भयो भनेर भन्नुभयो । अहिले जुन जिम्मेवारी दिनुभयो, मैले यसलाई गम्भीर चूनौतिको रुपमा लिएको छु ।’

सल्लाहकार दुगडले कोरोना महामारीले गर्दा अर्थतन्त्र जर्जर भएको उल्लेख गर्दै यसलाई सुचारू गर्नुपर्ने चूनौति रहेको सुनाए । उनले भने,‘अहिले राजश्व घटेको छ । बेरोजगारी बढेको छ । नयाँ लगानी आएको छैन् । लगानी गर्न मान्छेहरु डराईरहको छन् । प्रधानमन्त्रीज्यू समृद्ध नेपाल बनाउन लाग्नुभएको छ । म पनि उहाँलाई कसरी सहयोग पुर्याउन सक्छु भनेर लागेको छु । म पारदर्शी व्यक्ति हुँ ।’

उनले देशको समृद्धि निजी क्षेत्रको हातमा रहेको उल्लेख गर्दै निजी क्षेत्र समृद्ध हुनुपर्ने धारणा राखे । उनले भने,‘हामीले यसलाई विशेष प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्रको मनोबल गिर्न दिनुहुँदैन् । म पनि निजी क्षेत्रबाट आएको व्यक्ति हुँ । मलाई समस्या थाहा छ । राम्रो र सही काम गर्ने उद्योगी तथा व्यवसायीहरुाई अगाढि बढाउनुपर्छ । म आफ्नो भूमिकामा खरो उत्रिन्छु । म प्रधानमन्त्रीलाई पूरा सहयोग गर्नेछु । दक्ष जनशिक्तको अभाव हुन नदिई ठूला-ठूला परियोजना सम्पन्न गर्नुपर्छ । पुँजी त चाहिन्छ । पैसा खर्च हुनुपर्छ । पैसाको फ्लो बढ्छ । पुँजीको सर्कुलेशन हुनु बहुत आवश्यकत्ता छ ।’

उनले निजी क्षेत्रलाइ प्रोत्सहान, पुँजीगत खर्च बढाउने र विकास आयोजना अघि बढाउने आफूहरुको मुख्य योजना रहेको सुनाए । उनले भने,‘हामीसँग धेरै राम्रो फ्युचर छ । अहिले राजनीतिमा अलिकति तरलता आएको छ । यसले विकासमा कुनै अवरोध हुँदैन् । यो राजनीतिक तरलता भैरहन्छन् । यो नियमित प्रक्रिया हो । प्रधानमन्त्रीज्यूलाई कुर्सीको मोह भएको भए त उहाँले चुनाव किन घोषणा गर्नुहुन्थ्यो ? उहाँलाई कुर्सीको मोह छैन् । सरकारले काम गर्न सकेको छैन भन्ने शंका छ भने जनादेश खोजौं भन्नुभयो । यसबाट कोही पनि विचलित हुनुहुँदैन् ।’

प्रतिक्रिया

TOP