२०७७, २४ फाल्गुन सोमबार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
राष्ट्रपति पदको जिम्मेवारी सम्हालेकै दिन बाइडेनले उल्टाए ट्रम्प प्रशासनका निर्णय
नेपालमञ्च संवाददाता
२०७७ माघ ८ बिहीबार
  •  
  •  
  •  
  •  

180

काठमाडौं : कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका छन्।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ।

‘हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,’ सपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए।

उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तीब्र गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन्।

उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’ बीबीसी

भर्खरै