काठमाडौं : नेपाली कांग्रेसले रुकुम पश्चिममा पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित ५ जनालाई बुधबार इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको बेला नेकपा निकट वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नं. ३ का वडाध्यक्ष केशरमान वि.क. सहितको समूहले आक्रमण गरेको कांग्रेसले जनाएको छ ।
सुरक्षाकर्मीको अगाडि नै चक्कु प्रहार गरी वडाध्यक्ष शाहीलाई गम्भीर घाइते बनाएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त घटनामा घाइते वडाध्यक्ष शाही, तेजबिक्रम आरसी र दीपक के.सी.को नेपालगञ्जमा र दुई जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा र भत्र्सना गरेका छन् ।
‘घटनामा संलग्न आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न तथा घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विषयमा यस्ता घटनाहरु पुनः नदोहो¥याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ ।’