२०७७, २३ फाल्गुन आईतवार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
भारतले नेपाललाई कोरोना खोप अनुदानमा दिँदै, खोप भोलिसम्मसम्म नेपाल पुग्ने
नेपालमञ्च संवाददाता
२०७७ माघ ७ बुधबार
  •  
  •  
  •  
  •  

110

भारतले आजदेखि नेपालसहित छिमेकी मुलुकमा कोरोनाभाइरसविरूद्धको भ्याक्सिन दिने भएको छ।
भारतीय विदेश मन्त्रालयले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सिसेल्सलाई अनुदानमा खोप दिन लागेको जनाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार आज भुटान र माल्दिभ्समा खोप पठाइने छ। नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ।

भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन्। अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो।

mभमजबखष्दष्मज बिद दयह बम छलदm दयह बम द्ध
नेपाल सरकारले अक्सफोर्ड(अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।

अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउनेबारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए।

भारतले नेपालमा कति खोप दिन लागेको हो भन्ने विस्तृत खुलाइएको छैन। भारतीय सञ्चारमाध्यमहरूले पहिलो चरणमा पठाइने खोप अनुदानमा दिइने र त्यसपछि पैसा लाग्ने उल्लेख गरेका छन्।

भारतमा भने जनवरी १६ देखि खोप लगाउन सुरू गरिएको छ।

भर्खरै