
आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्।
हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने बयान दिएका छन्।
‘अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,’ उनले भने।
‘हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ।’ नयाँ प्रशासनबारे बोल्दै उनले भने, ‘हामी (नयाँ प्रशासन)ले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्नमा सफल होस् भनेर कामना गर्छौँ।’ बीबीसी
प्रतिक्रिया