
काठमाडौँ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले विज्ञान तथा प्रविधि क्षेत्रमा विद्यावारिधि गरेका नेपाली वैज्ञानिकहरुको पहिलो पटक सूची तयार गरेको छ ।
अनुसन्धानकर्ताहरुको विषयगत विज्ञता र उनीहरुले गरेका कामको जानकारी दिने उद्देश्यले नाष्टले ‘हु इज हु’ प्रकाशन गरेको हो ।
नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले पीएचडी गरेर देशरविदेशमा रहेर काम गरिरहेका अनुसन्धानकर्ताहरुको सूची तयार गरिएको बताए । विषयगत विज्ञता हासिल गरेका व्यक्तिहरुको कुन क्षेत्रमा कस्तो दक्षता छ भन्ने जानकारीका लागि सूची तयार गरिएको ढुंगेलले जानकारी दिए ।
नेपालमा अनुसन्धानको क्षेत्रमा धेरै कामहरु भए पनि कुन विधामा कस्ता कस्ता दक्षता हासिल गरेका अनुसन्धानकर्ताहरु छन् भन्ने जानकारी यसअघि थिएन । यो सूचीले आगामी दिनमा विभिन्न देशहरुमा छरिएर बसेका वैज्ञानिकहरुबीच सहकार्यका लागि मद्दत पुग्ने नास्टले जनाएको छ ।
प्रतिक्रिया