अन्तर्राष्ट्रिय कलमार्फत पाँच महिनामै दूरसञ्चार कम्पनीले कमाए ७ अर्ब

काठमाडौं । अन्तर्राष्ट्रिय कलमार्फत पछिल्लो पाँच महिनामा नेपालका दूरसञ्चार कम्पनीले ७ अर्ब भन्दा बढी आम्दानी गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७र०७८ को पहिलो पाँच महिनामा टेलिकम्युनिकेशन, कम्युटर र इन्फरमेशन सर्भिसको नाममा ७ अर्ब १७ करोड खुद नाफा भएको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार उक्त तथ्याङ्कमा दूरसञ्चार कम्पनीले अन्तराष्ट्रिय कल तथा विभिन्न सेवा मार्फत गरेको आम्दानी र सेवा प्रदायकले विदेशी कम्पनीलाई तिरेको मूल्य समेटिएको छ । जसमा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको ठूलो हिस्सा रहेको छ ।

उक्त प्रतिवेदन अनुसार पाँच महिनामा अन्तर्राष्ट्रिय कलमार्फत कुल ७ अर्ब ९४ करोड आम्दानी भएको छ । यसअन्तर्गत नेपालबाट बाहिर कल गर्दा सेवा प्रदायकले बाहिरी सेवा प्रदायकको नेटवर्क प्रयोग गरेबापत बुझाउनु पर्ने रकमका रुपमा ७६ करोड ८७ लाख बुझाएका छन् ।

टेकपाना डटकमबाट

प्रतिक्रिया

TOP