धनकुटामा गृहमन्त्री थापालाई कालो झन्डा देखाइयो

धनकुटा : गृहमन्त्री तथा नेकपा (ओली समूह) का सचिवालय सदस्य रामबहादुर थापालाई धनकुटामा कालो झण्डा देखाइएको छ ।

नेकपा धनकुटाले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका लागि धनकुटा पुगेका थापालाई नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले कालो झन्डा देखाएका हुन् ।

उनी कडा सुरक्षाका साथ कार्यक्रमस्थल त्रिवेणी माध्यमिक विद्यालयतर्फ जाँदै गर्दा कालो झन्डा देखाइएको हो । उनीहरुले सरकार विरोधी नारासमेत लगाएका थिए ।

गृहमन्त्री थापा सेनाको हेलिकप्टरबाट गएका त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया

TOP