
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ८१९ नमुना परीक्षण गर्दा ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएका छन् भने १९५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ४ हजार ५८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १६९ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया