२०७७, २३ फाल्गुन आईतवार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
चीनमा कोरोना नियन्त्रणमा आएको आठ महिनापछि एक जनाको मृत्यु
नेपालमञ्च संवाददाता
२०७७ माघ १ बिहीबार
  •  
  •  
  •  
  •  

245

चीनमा आठ महिनापछि पहिलो पटक कोरोनाभाइरसका कारण एक जनाको ज्यान गएको छ।समाचार संस्था एएफपीका अनुसार बिहीबार चीनले कोरोनाबाट थप एक जनाको ज्यान गएको पुष्टि गरेको हो।

स्वास्थ्य अधिकारीहरूले मृतकको विस्तृत विवरण खुलाएका छैनन्। उनी हेबेई प्रान्तका भएको बताइएको छ। केही दिनअघि मात्रै राजधानी बेइजिङसँग जोडिएको हेबेईमा एकैदिन दर्जनौं संक्रमित भेटिएपछि त्यहाँ लकडाउन गरिएको छ।

बिहीबार चीनमा एकैदिन १३८ जना संक्रमित भेटिएका छन्। गत वर्षको मार्चपछि एकैदिन यति धेरै मानिसमा संक्रमण भएको यो पहिलो पटक हो। गत वर्ष कोरोनाभाइरसको सुरू चीनको वुहानबाट भएको थियो। सुरूमा वुहानमा महामारीको रूपमा फैलिएको भाइरसलाई चीनले पछि कडा लकडाउन र अरू मापदण्ड अपनाएर नियन्त्रणमा लिएको थियो।

चीनमा अहिलेसम्म ८७ हजार सात सय मानिसलाई कोरोना संक्रमण भएको छ भने ४ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ।

भर्खरै