
काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोप खरिदका आर्थिक संकलन गर्न ‘खोप कोष’ को स्थापना गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सार्वजनिक सूचना नै जारी गरेर कोषमा दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको हो ।
सूचनामा लक्षित समूहहरूलाई निःशुल्क उपलब्ध गराउन आवश्यक तयारी भइरहेको उल्लेख गरिएको छ। ‘खोप प्रभावकारी र सुरक्षित रहेको तथ्य सार्वजनिक भइरहेको सन्दर्भमा निकट भविष्यमा नै खोप बजारमा आउने प्रबल सम्भावना देखिएको छ। उक्त खोप प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क उपलब्ध गराउन सरकारबाट आवश्यक तयारी भइरहेको छ।’ जारी सूचनामा भनिएको छ,‘खोपले हजारौंको जीवन रक्षा गर्नुको साथै महामारी नियन्त्रण हुन गई आर्थिक तथा सामाजिक क्रियाकलाप सुचारु गर्न समेत महत पुग्ने अपेक्षा गरिएको छ।’
मन्त्रिपरिषदको २४ गतेको निर्णयअनुसार आकस्मिक प्रयोगको लागि स्वीकृती प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएकोले योगदान गर्न आव्हान गरिएको जनाएको छ।
प्रतिक्रिया