
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालो ‘निर्मला पन्तका बलात्कारी खै’ भन्ने टिसर्ट लगाएका युवाहरुलाई प्रहरीले पक्राउ गरेकोमा विरोध जनाएका छन् । सभापति देउवाले पक्राउ परेका युवाहरुलाई तत्काल रिहाईको माग समेत गरेका छन् ।
शुक्रबार कैलालीको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागि नेकपाको कार्यक्रममा केही युवाहरुले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि निर्मला पन्तका बलात्कारी खै लेखिएको टिसर्ट लगाएका थिए ।
प्रहरीले उक्त टिसर्ट लगाएका युवाहरुलाई कार्यक्रमबाटै पक्राउ गरी हिरासतमा लिएको छ । कांग्रेस सभापति देउवाले साँझ ट्वीट गर्दै निर्मला पन्तका लागि न्याय मागेका युवाहरुलाई पक्राउ गर्न निन्दनीय घटना भन्दै तत्काल रिहाइ गर्न माग गरे । ‘धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय छ,’ उनले भने, ‘दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य र मान्यता विपरित हो। पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु ।’
प्रतिक्रिया