बार्सिलोनाको जितमा मेसीले गरे दुई गोल

स्पेनिस ला लिगामा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ३-२ गोलले पराजित गरेको हो। जितसँगै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

खेलमा अग्रता भने बिल्बाओले विलियम्सको गोलबाट लियो। गार्सियाको पासमा विलियम्सले तेस्रो मिनेटमा गोल गरेर बिल्बाओलाई अग्रता दिलाए।

खेलको १४ मिनेटमा बार्सिलोनाले गोन्जालेजको गोलबाट बराबरी गर्न सफल भयो। उनले डे जोङको पासमा गोल गरेका थिए।

त्यसपछि कप्तान लिओनल मेसीले टिमका लागि दुई गोल गरे।

मेसीले ३८ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनले गोन्जालेजको पासमा गोल गरे।

६२ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३(१ गोलले अघि बढ्यो। यसपटक मेसीले ग्रिजम्यानको पासमा गोल गरे।

खेलको ९० बिल्बाओका मुनियनले गोल गरे पनि टिमलाई खेलमा फर्कन ढिला भइसकेको थियो।

जितपछि तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले १७ खेलबाट ३१ अंक जोडेको छ। १५ खेलबाट ३८ अंक जोडेको एट्लेटिको म्याड्रिड शीर्ष स्थानमा छ। दोस्रो स्थानको रियल म्याड्रिडको १७ खेलबाट ३६ अंक छ।

प्रतिक्रिया

TOP