January 16, 2021, Saturday
२०७७, ३ माघ शनिबार
Nepal 1:37:26 pm
बेलायतमा फस्यो प्रियंकाको टोली
नेपालमञ्च संवाददाता
२०७७ पुष १५

250

मुम्बई : प्रियंका चोपडा र हलिउड फिल्म ‘टेक्स्ट फर यु’ समूह बेलायतमै रोकिएको छ। त्यहाँ नयाँ स्वरूपको कोरोना भाइरस देखिएसँगै विभिन्न भागमा चौथो चरणको लकडाउन जारी गरिएको छ।

घर बाहिरिन रोक लगाइएपछि छायांकनका लागि पुगेको प्रियंका टोली बेलायतमा फसेको हो।

गत वर्षको जनवरीमै हुनुपर्ने छायांकन संक्रमण त्रासकै कारण रोकिएको थियो। यसै महिना मात्र छायांकन सुरु भएर चाँडै काम सकी निर्माण टोली अमेरिका फर्कने योजनामा थियो। निर्माताका लागि हाल कास्ट एन्ड क्रुको सुरक्षा प्राथमिकतामा छ।

उनीहरूले अमेरिका फर्कन विशेष अनुमति माग गरे पनि प्रक्रिया केही लामो हुने देखिएको छ।

जिम स्ट्राउसको निर्देशन रहने फिल्ममा प्रियंकाका पति निक जोन्स पनि ‘टेक्स्ट फर यु’मा अतिथि कलाकारका रूपमा देखिँदै छन्।