January 16, 2021, Saturday
२०७७, ३ माघ शनिबार
Nepal 1:37:26 pm
‘तोरी पेली तेल’ मा कभर भिडियो प्रतिस्पर्धा, जित्नेलाई डेढ लाख नगद
नेपालमञ्च संवाददाता
२०७७ पुष १८

180

काठमाडौं स् ‘तोरी पेली तेल’ बोलको गीतको कभर भिडियो बनाउनेमध्ये एक उत्कृष्टले डेढ लाख नगदसहित पुरस्कार पाउने भएका छन् ।

नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले क्याडी इन्टरटेनमेन्टले बिहीबार भिडियो सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

प्रतियोगितामा सहभागी हुन चाहनेले अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वरमा सजिएको ‘तोरी पेली तेल’ गीतको भिडियोमा कभर गीत बनाउनुपर्नेछ ।

उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक म्युजिक भिडियोमा काम गर्ने अवसर दिनेसमेत क्याडी इन्टरनेशनलले जनाएको छ ।

सार्वजनिक भएको गीतको भिडियोमा नाजिर हुसेन र आँचल शर्माको अभिनय रहेको छ ।