January 16, 2021, Saturday
२०७७, ३ माघ शनिबार
Nepal 1:37:26 pm
चीनमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस
नेपालमञ्च संवाददाता
२०७७ पुष १७

205

एजेन्सी–चीनमा पनि कोरोना भाईरसको नयाँ स्वरुप फेला परेको छ।

गत वर्ष चीनको वुहानवाट सुरु भएर विश्वभर फैलिएको यो भाईरसको नयाँ स्वरुप बेलायतमा देखिएको थियो। चाईनिज सेन्टर फर डिजिज कन्ट्रोलले यसको पुष्टि गरेको छ।

नयाँ स्वरुपको भाइरस फैलन नदिन अहिले विश्वका अधिकाश देशहरुले बेलायतसँग हवाई सम्वन्ध रोकेका छन्।

यो भाइरस पहिलाको तुलनामा ४० देखि ७० प्रतिशतसम्म तीव्र गतिमा फैलने गरेको पाईएको छ।