January 16, 2021, Saturday
२०७७, ३ माघ शनिबार
Nepal 1:37:26 pm
एनआरएनए कोरियाका पूर्वअध्यक्ष सम्मानित
नेपालमञ्च संवाददाता
२०७७ पुष १७

210

काठमाडौं : गैरआवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्री त्यहाँको न्याय मन्त्रालयबाट सम्मानित भएका छन्।

अपराध रोकथाम र स्थानीय समुदायमा युवालाई सही मार्ग दर्शन दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्रालयले क्षेत्रीलाई सम्मान गरेको हो ।

कानुन मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र पठाएर क्षेत्रीलाई बधाई र असल कोरियन समाज निर्माणमा सहकार्यको अपेक्षा प्रकट गरेका छन्। दुई वर्षअघि पोचान महानगरपालिकाले मानार्थ राजदूतमा नियुक्त गरेर सम्मान गरेको थियो भने सन् २ हजार १३मा सोल नगरपालिकाले तेक्वान्दो खेलको विकासमा उत्कृष्ट योगदान गरेको भन्दै उनलाई मानार्थ नागरिकता प्रदान गरेको थियो ।

राजु कोरियन माझ नेपाली व्यावसायी भन्दा तेक्वान्दो खेलाडि, प्रशिक्षक र रेफ्रीका रुपमा अझ बढी परिचित छन्। धेरै समय खेलकूदमा बिताउने क्षेत्री छैठौ डान ब्याल्क बेल्टधारी हुन्।

क्षेत्रीले सन् २ हजार १४ मा इन्छनमा आयोजित १७औं एशियन गेम्समा नेपालको तर्फबाट सहभागिता जनाएका थिए भने त्यसअघि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी भएर स्वर्ण सहितका पदक हात पारिसकेका छन्।