January 16, 2021, Saturday
२०७७, ३ माघ शनिबार
Nepal 1:37:26 pm
आजको मौसम : पहाडी भागमा फाटफुट वर्षा, हिमाली क्षेत्रमा हिमपात
नेपालमञ्च संवाददाता
२०७७ पुष २१

265

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार राजधानीसहित पहाडी भेगमा फाटफुट वर्षा हुने आकलन गरेको छ ।

पश्चिमी वायुको प्रभाव बाँकी नै भएकाले मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका हिमाली क्षेत्रमा हिमपात जारी हुने मौसमविद् गंगा नगरकोटीले बताइन् ।

पश्चिमी वायु सक्रिय भएका कारण सोमबारदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका सबैजसो हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । मध्यपहाडी जिल्लाहरूमा छिटपुट वर्षासमेत भएको छ ।

‘काठमाडौंमा पनि मंगलबार बिहान हलुका वर्षाको सम्भावना छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘बुधबारदेखि मौसमी प्रणाली कमजोर हुने भएकाले मौसममा पनि सुधार आउनेछ ।’